
चैत्र १८, सुर्खेत । बेलौरी स्थित वात्सल्य विद्या निकेतनले नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरुलाई सम्मान गरेको छ । बिद्यालयले नेपाली क्रिकेटका राष्ट्रिय खेलाडीहरु दिपेन्द्र सिंह ऐरी, भीम सार्की र सन्दीप जोरालाई एक लाख बराबरको पुरस्कार प्रदान गरेको हो ।

विद्यालयले ऐरी र सार्कीलाई मायाको चिनो सहित नगद रु ४०/४० हजारका दरले सम्मान गरेको हो । त्यसैगरी सन्दिप जोरालाई सम्मान स्वरुप रु २० हजार नगद प्रदान गरिएको विद्यालयका प्रिन्सिपल लक्ष्मण दियालले बताए ।
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन महत्वपूर्ण योगदान गरेको भन्दै विद्यालयले खेलाडीहरुलाई सम्मान गरेको हो ।
