साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आज रुससँग खेल्दै

चैत १२, काठमाठौं । बंगलादेशको ढाकामा भइरहेको साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपाल आज आफ्नो तेस्रो खेल रुस सँग खेल्दै छ ।

आज बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार बेलुका ७ बजे नेपाल र रुसबीचको खेल सुरु हुनेछ ।

नेपाल पहिलो खेलमै भारतसँग र दोस्रो खेल भुटानसँग खेलेको थियो ।

प्रतियोगिताको अन्तिम दिन नेपालले बंगलादेशसँग खेल्नेछ र भारत र रुसबीच अन्तिम खेल हुनेछ ।