मेहेलकुना अस्पतालको नया भवन लाइ लक्षित गर्दै पुर्बी क्षेत्र बाट नया ट्याक खोलियो

चैत ९, सुरक्षित | मेहेलकुना अस्पतालको निर्माणाधीन नया भवनलाई लक्षित गर्दै हाल संचालन रहेको अस्पतालको पूर्व तिर बाट अस्प्पताल सँग जोडिने गरि नया ट्याक खोलिएको छ।

पचास शय्या क्षमतामा स्तरोन्नति सहित निर्माणाधीन मेहलकुना अस्पतालको भवन निर्माणका कार्यको लगभग ८० प्रतिशत काम सकियको भन्दै काम सम्पन्न भएर अस्पतालले नया भवनबाट सेवा दिन सुरु गरे पश्चात घारी मेहेलकुना,भेडावारी,घुमखहरे ,बोटेचौर,मालारानी,सिम्ता कालिमाटी,बनगाड कुपिण्डे नगरपालिका लगाएत बिभिन्न ठाउबाट सेवा लिन आउने सेवा ग्राहीलाई लक्षित गरि अस्पतालको पुर्ब तिर बाट नया ट्रयाक खोलियको मेहेलकुना अस्पताल ब्यबस्थापन समिति अध्यक्ष यज्ञ बहादुर बिक ले बताउनु भयो। मेहेलकुना अस्पतालको पूर्व तिर बाट माथि पट्टि हुदै बडाखोली जाने सडक खण्डमा उक्त ट्रयाक जोडियको छ।

अस्पतालको पर्खाल बाट अगाडिको सडक खण्डमा ट्रयाक जोड्नको लागि ५ जना जग्गा धनि सँग निरन्तरको पहल र समन्वय पछि उक्त कार्य गर्न सम्भब भएको पनि अध्यक्ष बिकले जानकारी दिनु भयो। उहाले समयमै निर्माण नसकिँदा सेवा प्रवाहमै समस्या भइरहेको बताउदै उहाले अस्पताल ब्यबस्थापन समितिको अध्यक्ष भए पश्चात निरन्तरको ताकेता र समन्वय गरि हाल काम लाई तिब्र गतिमा अगाडी बढाईएको बताउनु भयो।