
चैत ८, काठमाडौं । किलियन एम्बाप्पे फ्रान्सका राष्ट्रिय फुटबल टोलीका नयाँ कप्तानमा नियुक्त भएका छन् ।

प्रशिक्षक डिडियर डेसच्याम्पको एमबाप्पेलाई कप्तान नियुक्त गरेको फ्रान्स फुटबल संघले जनाएको छ ।
भेट्रान गोलकिपर ह्युगो लोरिसले गत डिसेम्बरमा कतारमा भएको फिफा विश्वकपपछि सन्यास लिएपछि फ्रान्सको कप्तान पद खाली थियो । अब एमबाप्पेले लोरिसको स्थान लिनेछन् ।

प्रशिक्षक डेसच्याम्पले कप्तानी जिम्मेवारीका लागि एमबाप्पेले सबै आवश्यकता पूरा गर्ने बताए । एट्लेटिको मड्रिडका फरवार्ड एन्टोनी ग्रीजमनलाई नयाँ उपकप्तान नियुक्त गरिएको छ ।
म्यानचेष्टर युनाइटेडबाट खेल्ने डिफेण्डर राफेल भरानले पनि सन्यास लिएपछि ग्रीजमनलाई उपकप्तान बनाइएको हो ।