क्रिकेटर कुशल मल्ल उपमहानगरपालिका बुटवलबाट नगद ५० हजार सहित सम्मानित

चैत ६, बुटवल । राष्ट्रिय टिमका क्रिकेट खेलाडी कुशल मल्ललाई बुटवल उपमहानगरपालिकाले ५० हजार नगदसहित सम्मान गरेको छ ।

खेलमार्फत बुटवलको पहिचान गराउन सफल भएको भन्दै खेलाडी मल्ललाई नगद ५० हजार रुपैयाँ र प्रमाणपत्रसहित महानगरले सम्मान गरेको हो ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रादेवी अर्यालले सोमबार एक समारोहका बिच नगदसहित सम्मानपत्रबाट सम्मान गरेका हुन् ।

कार्यक्रममा पूर्वक्रिकेट खेलाडी शक्ति गौचन र मल्लको माता शर्मिला मल्ललाई समेत सम्मान गरिएको थियो ।