
फागुन २९, काठमाडौँ । आइसिसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनी (पिएनजी) सँग खेलिरहेको छ ।

आइसिसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा नेपालले आफ्नो तेस्रो खेलमा पिएनजी विरुद्ध नवौं सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालले ३१ औं ओभरमा नवौंं विकेट लिएको हो । नेपालका लागि कुशल मल्लले ३१ औं ओभरको तेस्रो बलमा नवौं सफलता दिलाएका हुन् ।
