सन्दीपले दिलाए पिएनजीविरूद्ध नेपाललाई तेस्रो सफलता

आइसिसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनी (पिएनजी) सँग खेलिरहेको छ । उक्त खेलमा नेपालले १४ औँ ओभरमा तेस्रो सफलता हात पारेको छ । सन्दीप लामिछानेले तेस्रो विकेट लिएर नेपाललाई पिएनजी विरुद्ध तेस्रो सफलता दिएका हुन

पछिल्लो समय उत्कृष्ट लयमा रहेको नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले फिल्डिङ गरिरहेको छ ।