वीरेन्द्रनगरमा प्रथम बुदबुदी 6A side फुटबल प्रतियोगिता सुरू

सुर्खेतको

बुदबुदी युवा क्लबले प्रथम बुदबुदी 6A side फुटबल प्रतीयोगीता संचालन गरेकाे छ । प्रतियाेगिता आज फाल्गुण २५ गते देखि संचालन भएकाे छ । क्लवले वीरेन्द्रनगर नगरपालिको वडा नं १० स्थित सिंगल ट्रीको खेल मैदानमा प्रतियाेगिता संचालन गरेकाे छ ।

खेलकाे उद्घाटन प्रमुख अतिथि एवं वडा नं १० का वडा अध्यक्ष दिल बहादुर रखालले गरेका थिए । बुदबुदी युवा क्लबको अध्यक्ष मोतीप्रसाद खनालले याे क्षेत्रका यूवाहरूलाइ खेलमा अब्बल बनाउन र समाजमा खेल प्रतीकाे रूचि जगाउनका लागि याे कार्यक्रमकाे अायाेजना गरिएकाे बताए । प्रतियाेगितामा १२ टिमले भाग लिएका छन् ।

आजको पहिलो उद्घाटन खेल रोयल एफसी र चाैरघारी (जाजरकोट) बीच भएको थयाे ।