
फागुन १५, काठमाडौं । सातदोबाटो युथ क्लव केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

वर्षाका कारण हिजो आइतबार बीचमै रोकिएर आज भएको खेलमा सातदोबाटोले त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा हराएको हो ।
आइतबार पूरा नभएको खेलको दोस्रो हाफ आज खेलाइएको हो ।

आज भएको दोस्रो हाफको खेलमा पनि कुनै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । पहिलो पेनाल्टीमा दुवै टिमका गोलरक्षकले १/१ गोल रोकेपछि ४-४ बराबरी भएको थियो ।
सडेन डेथमा सातदोवाटोका सुरज गुरुङ र पासाङ लामाले गोल गरेका थिए भने आर्मीका सुरज गुरुङले गोल गर्दा आर्मीका सुदिल राईको प्रहार सातदोबाटोका गोलरक्षक अविशेक बरालले बचाएका थिए ।
अब फाल्गुन १७ गते दशरथ रंगशालमा हुने फाइनलमा सातदोबाटोले दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ ।
दोस्रो सेमिफाइनलमा आज तीन बजे आयोजक केपी ओली एफसी र ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लवबिच हुनेछ ।