नेपालले लियो स्कटल्यान्डविरुद्ध तेस्रो विकेट

आइसिसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालले तीन विकेट लिएको छ ।

नेपालका लागि तीनै विकेट सन्दीप लामिछानेले लिएका छन् ।

टिममा तीव्र गतिका बलर गुल्झन झाको ठाउँमा ललितनारायण राजवंशी फर्किएका छन् ।

टिममा रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), सन्दीप लामिछाने, कुशल मल्ल दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी र सन्दीप जोरा रहेका छन् ।

सिरिजमा यसअघि नेपालले लगातार तीन खेलमा जित हात पारेको थियो ।