
काठमाडौं । राष्ट्रिय टिमको प्रशिक्षण छाडेका खेलाडीले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरले आफूहरुलाई ‘ तिमीहरूले युद्ध सुरु गर्यौँ म अन्त्य गर्छु’ भनेर धम्क्याएको आरोप लगाएका छन् ।

प्रशिक्षण छाड्नुको कारण सार्वजनिक गर्न भन्दै गरेको पत्रकार सम्मेलनमा उनीहरुले गास र बासको सामान्य माग राख्दा प्रशिक्षकले आफू रहुन्जेल हामी कोहि पनि राष्ट्रिय टोलीमा नपर्ने चेतावनी दिएको बताए ।
उनीहरुले निकालेको विज्ञप्तिमा लेखिको छ ‘उहाँले आफू रहुन्जेल हामी कोही पनि राष्ट्रिय टोलीमा नपर्नेसमेत बताउनुभयो, उहाँले अन्त्यमा तिमीहरूले युद्ध सुरु गर्यौँ म अन्त्य गर्छु भन्नुभयो ।’
