२०२४ को टी-२० विश्वकपमा छनोट हुन नेपालले ओमान र बहराइनसहित पाँच टिमसँग भिड्नु पर्ने

२०२४ देखिको टी-२० विश्वकपमा १२ टिम सिधै पुग्नेछन् भने ८ टिमले क्षेत्रीय छनोट चरणमा पार गर्नुपर्नेछ ।

आगामी अक्टोबर-नोभेम्बरमा अस्ट्रेलियामा हुने टी-२० विश्वकपको शीर्ष आठ टिम २०२४ को विश्वकपका लागि सिधा छनोट हुनेछन्।

अमेरिका र वेस्ट इन्डिज आयोजकको हैसियतमा छनोट हुनेछन्। अमेरिकाले पहिलो टी-२० विश्वकप खेल्नेछ ।

वेस्ट इन्डिजले आगामी नोभेम्बरमा सकिने टी-२० विश्वकपको शीर्ष ८ मा स्थान बनाए आइसिसी विश्व वरीयताको आधारमा ३ टिम टी-२० विश्वकप २०२४ मा पुग्न सक्नेछन् ।

वेस्ट इन्डिज शीर्ष आठमा नपुगे विश्व वरीयताबाट २ टिममात्र छनोट हुनेछन्।

१४ नोभेम्बर २०२२ सम्मको विश्व वरीयतालाई छनोटको आधार मानिनेछ। यो मिति अस्ट्रेलियामा टी-२० विश्वकप सकिएको भोलिपल्ट हो ।

सिधा छनोट हुने आधार
टी-२० विश्वकप २०२२ को शीर्ष ८ टिम
आयोजक अमेरिका र वेस्ट इन्डिज २ टिम
आइसिसी विश्व वरीयताका २ टिम
जम्मा १२ टिम

क्षेत्रीय छनोटबाट
अफ्रिका – २ टिम
अमेरिका – १ टिम
एसिया – २ टिम
इस्ट एसिया प्यासेफिक – १ टिम
युरोप – २ टिम
जम्मा – ८ टिम

सिधा छनोट – १२ टिम

क्षेत्रीय छनोट – ८ टिम

जिम्मा – २० टिम

नेपाल एसिया छनोटमा
हालको विश्व वरीयतामा नेपाल १३औं स्थानमा छ। जसका कारण नेपाल वरीयताका आधारमा विश्वकपमा सिधा छनोट हुने सम्भावना न्यून छ।

हाल वरीयताका नेपालभन्दा अघि रहेका १२ टिम मध्ये आठ टिम अस्ट्रेलियामा हुने विश्वकपबाट सन् २०२४ को विश्वकपमा पुग्नेछन्। सन् २०२२ को विश्वकपको शीर्ष ८ मा पर्न नसक्ने दुई वा तीन टिम वरीयतामा आधारमा विश्वकपमा पुग्नेछन्। त्यसो हुँदा वरीयतामा नेपालअघि रहेका टिमको मात्र सिधा छनोट हुने सम्भावना देखिन्छ ।

क्षेत्रीय छनोटबाट ८ टिमले विश्वकपमा स्थान बनाउनेछन्। जसमा एसिया, अफ्रिका र युरोप छनोटबाट दुई-दुई टिम विश्वकपमा पुग्नेछन्। अमेरिका र इस्ट एसिया प्यासेफिकबाट एक-एक टिम विश्वकपमा पुग्नेछ। एसियाको क्षेत्रीय छनोट खेलेमा नेपालले शीर्ष दुईमा पर्नुपर्नेछ। किनभने आइसिसीले २०२४ को विश्वकपमा विश्व छनोट प्रतियोगिता नगर्ने जनाएको छ ।

एसिया छनोटको प्रारम्भिक प्रतियोगितामा भने नेपालले खेल्न नपर्ने आइसिसीले जनाएको छ। अहिलेको अवस्थामा नेपालले २०२३ मा एसिया छनोट खेल्नु पर्ने आइसिसीले सार्वजनिक गरेको छ। जहाँ नेपालले बहराई, नेपाल, ओमान, प्राम्भिक छनोट ए विजेता र प्रारम्भिक छनोट बी विजेतासँग भिड्नेछन्। यो प्रतियोगिताको शीर्ष दुई टिम टी-२० विश्वकप २०२४ मा छनोट हुनेछन् ।

एसियाको पहिलो चरणको समूह ‘ए’ मा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेबिया छन् भने समूह ‘बी’ मा भुटान, चीन, मलेसिया, म्यानमार र थाइल्यान्ड छन् ।

एसिया छनोट
बहराई, नेपाल, ओमान, प्राम्भिक छनोट ए विजेता, प्रारम्भिक छनोट बी विजेता