दैलेख केन्द्रविन्दु बनाएर भूकम्पको धक्का

दैलेखको नेपा आसपास केन्द्रविन्दु भएर भूकम्प गएकाे छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका प्रमुख भरत कोईरालाका अनुसार आज बिहान १०ः३० बजे ४.१ रेक्टर स्केलको भुकम्प गएको हो ।

उनले भने,“दैलेखको नेपा आसपास भएर कम्पन भएको तथा यसबाट खासै क्षति नभएको ठानेका छौँ, यद्यपि क्षतिको कुनै सूचना प्राप्त भएको छैन ।” उनले नेपा लगाएत दैलेख आसपासका जिल्लाहरुमा समेत भुकम्पको धक्का महसुस भएकाे जानकारी दिएका छन् ।