बुवाले गरे आफ्नै १७ वर्षीया छोरीको हत्या

बुटवलमा फलामको रड प्रहार गरी बुवाले आफ्नै १७ वर्षीया छोरीको हत्या गरेका छन् । रूपन्देहीको कञ्चन गाउँपालिका-५ बर्गदवाका ४८ वर्षीय नारायणबहादुर जिसीले आफ्नै १७ वर्षीया छोरी अन्जलीको हत्या गरेका हुन् । अञ्जली कक्षा ११ मा अध्यनरत थिईन् । प्रहरीका अनुसार उनले बुटवल उपमहानगरपालिका -९ इट्टाभट्टीस्थित एक होटेलमा छोरीको हत्या हुन् ।

साथीलाई भेट्न हिँडेकी छोरी साँझसम्म घर नफर्केपछि नारायण छोरी खोज्न बुटवल आएका थिए । बुटवलमा छोरी भेटेपछि उनीहरू होटेलमा बसेको प्रहरीले जनाएको छ । बाबु नारायणको प्रारम्भिक बयानअनुसार अञ्जली बुधबार दिउँसो साथीलाई भेट्न भनेर घरबाट निस्केकी थिइन् ।

बुवा नारायणले घर जाऊ भन्दा छोरीले नमानेपछि रिसको झोंकमा रड प्रहार गरी हत्या गरेको उनले स्वीकारीसकेको प्रहरीले जानकारी दिएको छ । होटलमा छोरीको हत्यागरी भागेका उनलाई प्रहरीले बिहीबार दिउँसो कञ्चन गाउपालिका-४ थकाली चोकबाट नियन्त्रणमा लिएको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जानकारी दिएको छ ।