दैलेखमा चट्यागं लागेर १२ बर्षिया बालिकाको मृत्यू

दैलेखमा शनिवार दिउसो चट्यागं लागेर घाईते भएकी बालिकाको मृत्यू भएको छ । भैरवी गाँउपालिका वडा नम्बर ६ तोरीमुलकी चन्द्रा कडेलकी १२ बर्षिय छोरी शर्मिला कँडेलको मृत्यू भएको हो ।

घरमै रहेकी उनी हावाहुरी चल्न थालेपछी बाख्रा भित्र सार्न गोठमा जाँदै गर्दा चट्यागं लागेर घाईते भएको भैरेवी गाँउपालिकाका उपाध्यक्ष देवी भन्डारीले जानकारी दिनु भयो ।

चट्यागंले बालिका घाईते भएको जानकारी पाएलगत्तै पुग्नु भएको भन्डारीले आफैले उपचारका लागि दुल्लु अस्पतालमा पुर्याएको र प्राथमिक उपचार पछी थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा लैजादै गर्दा दुल्लुको केराघारी भन्ने स्थानमा उनको मृत्यू भएको उपाध्यक्ष भन्डारीले जानकारी दिनु भएको छ । अहिले बालिकाको शव पोष्टमार्टमका लागि दैलेख अस्पतालमा राखिएको जानकारी दिनुभएको छ ।