सुर्खेतमा अपाङ्गता भएका व्यक्तीहरुकाे न्ययमा पहुँचका लागि सार्वजनिक बहस

सुर्खेतका अपाङ्गता भएका व्यक्तीहरुकाे न्ययमा सहज पहुँच कसरी पुर्याउन सकिन्छ भन्ने उद्देश्यले सार्वजनिक रूपमा बहस कार्यक्रम अायाेजना गरिएकाे छ । बहसमा अपाङ्गता भएका व्यक्तीहरुले आफुहरुका लागि पहुँचयुक्त वातावरण नभएको भन्दै यसमा सरकारले गम्भिर भएर सोच्नुपर्ने बताएका छन् । राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेशले आज वीरेन्द्रनगरमा आयोजना गरेको सार्बजनिक वहस कार्यक्रममा सहभागी भएका उनिहरुले यस्तो माग गरेका हुन् । कुनैपनि निकायमा सेवाको लागि जाँदा अपाङ्गता भएका अपाङ्गता भएका व्यक्तीहरु घरपरिवारबाटै विभेदमा पर्ने गरेको भन्दै उनिहरुले अन्य क्षेत्रमा पनि विभेद कायम रहेकोले आफुहरुको पहुँचमा न्याय पाउने नीकाय, संरचनाहरु नभएको उनिहरुको गुनासो छ ।

कार्यक्रम सहभागी भएकी वीरेन्द्रनगरका रत्ना रानाले अपाङ्गता भएका व्यक्तीहरु न्यायको माग्न जानुपर्दा थुप्रै समस्या खेप्नुपरेको बताउनुभयो । उहाले भौतिक संरचना अपाङ्गतामैत्री नभएको बताउँदै बहिरा अपाङ्गता व्यक्तीहरु न्याय माग्न जाँदा भाषाको समेत समस्या रहेको बताउनुभयो । उहाले अपाङ्गता भएका व्यक्तीहरुको प्रजनन् अधिकारमा समेत पहुँच पुग्न नुसकेको भन्दै यसमा पनि सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सुर्खेत लाटीकोइलीका धर्म रावलले पनि शिक्षामा समेत अपाङ्गता भएका व्यक्तीहरुको पहुँच पुग्न नसकेको भन्दै विशेषगरी बहिरा अपाङ्गता भएका व्यक्तीहरुको लागि पाठ्यक्रममा नै सांकेतिक भाषा राखेर पठपाठनगरिनुपर्ने माग राख्नुभयो । अर्का सहभागी झक्क प्रसाद पोखरेलले पनि अपाङ्गता भएका व्यक्तीहरु कुनैपनि नीकायमा सहज रुपले पहुँचमा पुग्न नसकेको भन्दै अपाङ्गता क्षेत्रमा के कामहरु भइरहेका छन् भनी प्रश्न गर्नुभयो । सहभागीहरुले अपाङ्गता परिचयपत्र वितरणमा भएका समस्या हटाउन, विद्यालय शिक्षा र सेवा लिन जाँदा न्यायमा समान पहुच पु¥याउनको लागी नीति बन्नुपर्ने लगायतका मागहरु राखेका थिए ।

यता, सहभागीहरुको जवाफ दिँदै सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद पाण्डेले यातायातमा अपाङ्गता भएका व्यक्तीहरुको लागि दिइने ५० प्रतिशत छुट नदिइएको भन्ने गुनासो जिल्ला प्रशासनमा आएको भन्दै यसको समाधान गरिने प्रतिवद्धता जनाउनुभयो । उहाले अपाङ्गता भएका व्यक्तीहरु न्यायमा पहुँच पुर्याउन नीति बनेको र बनेका नीतिहरुकोसही ढङ्गले कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।