नेपाल मगर संघले गर्याे भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री वितरण

नेपाल मगर संघले भूकम्पमा परेका पीडित परिवालाई राहत सामग्री बितरण गरेकाे छ । जाजरकोट जिल्लाकाे भेरी नगरपालिका १ र पश्चिम रुकुमको आठविसकाेट नगरपालिकाकाे वडा नम्बर १४ मा राहत बितरण गरेकाे हाे । भूकम्पले घरवारविहीन भएका उनीहरुलाई ३०० बाेरा चामल, ३०० थान कम्वल, ३०० थान पछ्याैरा, ३ घर परिवारलाई नुन, तेल, दाल, पिफम, सेनेटरी प्याड, आैषधी लगायतका सामाग्री बितरण गरेकाे छ । नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन मगरको नेतृत्वको एक टोली प्रभावित क्षेत्रमा मंसिर २० र २१ गते पुगेको थियाे  ।

अध्यक्ष पुनका अनुसार भूकम्प बाट प्रभावित भएका ३०० परिवारलाई संघले राहत सामग्री वितरण गरेकाे छ। टोलीमा अध्यक्ष पुन सहित सहअध्यक्ष गंगा वहादुर थापा, उपमहासचिव खगेन्द्र पुन, सचिव आशुराम साेमै, विनिता अाले, सहकाेषाध्यक्ष निल वहादुर थापा, महिला संघका अध्यक्ष हिरु राना, महासचिव मिना घर्ती, सचिव कृष्णा वंशि, कर्णाली प्रदेशका मुख्य सचिव डम्मर गरंजालगायतकाे सहभागिता रहेकाे थियाे ।

सामग्री वितरण अभियानलाई संयोजन गरिरहेका संघका कर्णाली प्रदेश मुख्य सचिव गरंजालेभने, `हामीले मंसिर २० र २१ गते प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गरेका छाै । राहत बितरणका बेला त्यहाँका भुकम्प पिडितकाे अवस्था चिसाेका कारण ज्यादै कष्टकर रहेका पाएका छाै । हामीले सबै पिडितहरूलाइ सहयाेग गर्न सकेनाै र सहयाेग गर्नै पर्ने परिवारकाे संख्या धेरै छ, त्यसैले त्यहाँका पीडित परिवारलाई निरन्तर सहयोग गर्न सवैलाई अपिल गर्दछौं  ।´

जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर कार्तिक १७ गते शुक्रबार राती ११:४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानविय क्षती, भौतिक क्षती र सयौं घाइते भएका थिए । संघकाे आह्वानमा संघले स्थापना गरेको राहत कोषमा मगर संघ हंकङ, नेपाल मगर महिला संघ, मगर संघ युके, नेपाल मगर संघ यु एई, नेपाल मगर संघ जापान, नेफिन अध्यक्ष गेल्जे लामा सेर्पा, नेपाल मगर संघ कुवेत, मगर समाजसेवा केन्द्र मगर संसार नेपाल मगर संघ सुर्खेत, सल्यान सिद्वार्थ वहुउदेश्यिय सहकारी संस्था लिमिटेड सुर्खेत लगायत विभिन्न व्यक्ति संस्थाले सहयोग गरेकाे संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले जानकारी दिनुभएको छ ।