
साउथ एशियन स्कालर्स एकेडेमीले भुकम्पबाट प्रभावित भएका १० जना विद्यार्थीहरुलाई निःशुल्क पढाउने घोषणा गरेको छ । वीरेन्द्रनगर ३ तातापानीमा संचालित बिद्यालयले सो घोषणा गरेको हो । भुकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिम २ जिल्लाका १० जना बालबालिकाहरुलाई कक्षा ४ देखि १२ सम्म निःशुल्क पढाउने एकेडेमीले घोषणा गरेको हो ।

लाईका खबर संगको कुराकानीमा एकेडेमीका प्रमुख छत्र बडुवालले भने नगदै राहत प्रदान गर्ने बिषयमा केन्द्रित रहेर छलफल भएपनी त्यो भन्दा प्रभावकारी पिडित बाल बालिकाको शैक्षिक भबिष्यमा लगानी गर्दा उपयूक्त हुने देखिएकाले यो निणर्य गरेका हौ । हामीसंग होस्टेल नभएकाले त्यो सुविधा बाहेकका सुविधा पोशाक, शैक्षिक सामग्री, स्कुल फि लगाएत अध्ययनका लागि आवश्यक पर्ने सबै कुरा ब्यहोरेर १० जना बिद्यार्थीहरुलाई पढाउने निधो गरेका छौ ।
एकेडेमीका निर्देशक गणेश अधिकारीले भने हामी लामो समयदेखी कलिला भाई बहिनीहरुको लागि शैक्षिक क्षेत्रमा काम गर्दै आईरहेका छौ र अहिले जाजरकोट र रुकुम पश्चिममा भुकम्पमा परी शिक्षाबाट बञ्चित हुने अवस्थामा पुगेका बिद्यार्थीको भविष्यका बारेमा चिन्तित छौ । सबैले आफुले सकेको सहयोग गरिरहेका बेला हामीले पनी आफ्नै क्षेत्रसंग सम्बन्धीत राहत दिँदा उपयूक्त देखेर १० जना बिद्यार्थीहरुलाई एकेडेमीसँगै ज्ञान सिन्धु सुर्खेत कलेज र भेरी एजुकेशन एकेडेमीमा निःशुल्क पढ्न पाउने निधो गरेका छौ ।
कार्तिक १७ गते राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भुकम्प जाँदा रुकुम पश्चिम र जाजरकोटका करिव एक लाख नागरिकहरु विस्थापित बनेका छन् । सयौ बिद्यालयहरु भक्तीएका छन् र पढाउन नसकिने अवस्थामा रहेका छन् । अत्याधिक घरहरु ढलेका छन र सिंगो अवस्थामा देखिएका घरहरुपनी बस्न सकिने अवस्थामा छैनन ।