
देशै भर दशै सकिए पश्चात तिहारको रौनक बढेर गएको छ । तिहार नजिकिए संगै दशै भर तिहारमा प्रयोग गरिने मालाको चर्चा समेत बढेको छ । हरेक बर्ष तिहारको भाईटिकामा दिदी भाईले फुलको माला लगाईदिने प्रचलनले सो समयमा अध्याधिक मात्रामा मालाको खपत हुने गरेको छ ।
मालाको माग बढेसंगै भारतबाट अघिल्ला बर्षहरुमा फुलको माला संगै प्लास्टिकका मालाको आयात पनी धेरै हुने गरेको थियो । अहिले बिभिन्न स्थानिय तहहरुले प्लास्टीकका मालामा प्रतिबन्ध लगाईरहेका बेला यस वर्षको तिहारलाई लक्षित गरेर सरकारले भारतीय फूलको आयातमा प्रतिबन्ध लगाएको छ ।

अहिले नेपालमै फुलको खेती गरिएको र मागको ८० प्रतिशत फूल स्वदेशी उत्पादनले नै धान्ने भएपछि सरकारले अर्को सूचना जारी नभएसम्म भारतबाट फूल आयात गर्न प्रतिबन्ध लगाएको हो ।
तिहारलाई चाहिने फूलको माग स्वदेशी उत्पादनले धान्न सक्ने भएकाले पुष्प विकास केन्द्रको सिफारिसमा आयातमा प्रतिबन्ध लगाइएको हो ।

यस वर्ष तिहारमा झण्डै ४० लाख सयपत्री माला खपत हुने अनुमान गरिएको छ । त्यस्तै, चार लाख ५० हजार थान मखमली माला, २० हजार गोदावरी माला र ३० हजार मिक्स माला खपत हुने अनुमान रहेको छ ।