त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी सरुवाको माग गर्दै आन्दोलनमा

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरुले सामुहिक सरुवाको माग गर्दै आईरहेका थिए । माग पुरा नहुने भएपछी हिजो बाट सांकेतिक आन्दोलन सुरु गरेका उनिहरुले आज बाट भन्सार ठप्प पार्ने भएका हुन ।

सुन प्रकरण बाहिरीएपछी सरकारले कर्मचारीलाई कारवाही सुरु गरेपछी उनिहरुले सामूहिक सरुवासहित पाँच बुँदे माग राखेर आन्दोलनमा उत्रेका हुन । कर्मचारीले आजबाट त्रिभुवन विमानस्थल भन्सार कार्यालयको कार्गो जाँचपास शाखामार्फत हुने निकासी, पैठारी सबन्धी सम्पूणर् कार्य बन्द गर्ने भएका हुन् । आज माग सम्बोधन नभए भोलि पनि कार्गो शाखाका सबै काम बन्द गर्ने उनीहरूको घोषणा गरेका छन् ।

उनीहरूले हिजो तीन घन्टा ‘पेन डाउन’ गरेर सांकेतिक विरोध सुरु गरेका थिए । भदौ २७ गतेसम्म पनि माग सम्बोधन नभए पुनः अर्को चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने विमानस्थलका कर्मचारीले जानकारी गराएका छन् ।

उनिहरुले लगभग ६१ केजी सुन तस्करी प्रकरणमा कर्मचारीहरूलाई धमाधम पक्राउ गरेर आतङ्कित बनाएको उनीहरूको आरोप लगाउदै भन्सार कार्यालयमा काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै यही भदौ १२ गते १३७ कर्मचारीले सामूहिक सरुवा मागे गरेका थिए ।