
जनप्रतिनिधीका काम गर्ने आ-आफनै तरिका हुन्छन । ति मध्य जाजरकोटको बारेकोट गाँउपालिका वडा नं.३ का वडा अध्यक्ष राम बहादुर सिंहले आफ्नो वडामा भत्किएकाे बिद्यालय भवन ३ दिनमै जस्ताको तस्तै ठड्याईदिएका छन् । श्रावण २८ गते आएको अबिरल बर्षाले बारेकोट गाँउपालिका वडा नम्बर ३ स्याला मुल्साममा रहेको बिद्यालय भवन भत्काईदिएपछी उनले आफै सक्रिए भएर सबै गाँउलेहरुलाई जुटाएर भवन निर्माण गरेका हुन ।


लाईका खबरको टेलिफोन सम्बादमा अध्यक्ष सिंहले भने केही दिन ढिला गरेर बनाउदा भवनमा झन ठुलो क्षत्तीहुने सम्भावना देखिएकोले सबै गाँउलेहरुलाई हार गुहार गरे । सबै गाउलेहरुले मेरो कुरा राखिदिनु भयो र भवन जस्ताको तस्तै बनाउन सफल भयौ । उनले भने म गाँउलेहरुको यो गुण बिर्सने छैन । यसको लागि पालिकासंग कुरा गरेर बजेटको ब्यवस्थापन गरेर ति गाँउलेहरुको मजदुरी उपलब्ध गराउने प्रयत्न गर्ने छु ।

मेरो लागि सबै भन्दा ठुलो कुरा भनेको तत्काल भवन बनाउनु पर्ने थियो र त्यसमा गाँउलेहरुले सहयोग गर्नु भयो । अब म वडाबाट भएपनी ति सहयोग गर्ने गाँउलेको मजदुरीको लागि पहल गर्ने छु ।
