सल्यानको कालिमाटी गाँउपालिकाका उत्कृष्ट कृषक नगद सहित सम्मानित

,जेष्ठ २० सुर्खेत | एक कार्यक्रमका बीच सल्यानको कालिमाटी गाँउपालिका भित्रका उत्कृष्ट कृषकलाई नगद,सम्मान पत्र र दोसल्ला सहित सम्मान गरिएको छ । शुक्रबार गाँउ पालिकाको नब निर्मित सभाहलको उद्धाटन संगै सोहि सभाहलमा उत्कृष्ट कृषकलाई नगद सहित सम्मन गरिएको हो । गाँउ पालिकाले गत कात्तिक २ गते पालिका भित्र कृषि गरिरहेका कृषक हरुलाई पालिकामा सुचिकृत हुन एक महिने सुचना जारि गरेको थियो। सोहि अबधिमा पालिकामा सुचिकृत भएका ८५ वटा कृषक समूह मध्यबाट ५९ जना कृषकलाई सम्मान गरिएको पालिकाले जनाएको छ।

नगद सहित सम्मानित हुने ५९ जना मध्य नगदे तथा मह उत्पादक र वितरकलाई प्रोत्साहन कार्यक्रम अन्तरगत ९ जना लाई उत्कृष्ट ब्यबसायी कृषक सम्मान कार्यक्रम अन्तरगत ७ हजार देखि २० हजार सम्म नगद सहित संम्मान गरिएको थियो भने अन्य ५० जनालाई अध्यक्ष कृषक सम्मान कार्यक्रम अन्तरगत ४ हजार देखि १४ हजार नगदले सम्मान गरिएको कालिमाटी गाउपालिका कृषि शाखा प्रमुख बुद्दि बहादुर वलीले जानकारी दिनु भयो ।

उत्कृष्ट कृषकलाई संम्मान गर्दै कालिमाटी गाँउपालिका अध्यक्ष दान बहादुर खत्रीले किसानहरु निर्वाहमुखी नभई ब्याबसायिमुखी भुने पर्नेमा जोड दिनु भयो। कृषकलाई हौसला दिन, उत्पादन द्वारा आय आर्जनका क्रियाकलापमा संलग्न गराउन,किसान किसान बीच स्वच्छ प्रतिस्पर्धा गराउन गाउपालिककले यस्तो कार्यक्रमको गरेको उहाको भनाई थियो । उहाले अन्तरक्रिया कार्यक्रममा आएका सुझाब अनुसार कृषि सम्बन्धि आगामी नीति तथा कार्यक्रम तय गर्ने समेत बताउनु भयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्यालले परमपरागत कृषि र प्रणाली लाई सुधार गर्दै ब्याबसायी र आधुनिक प्रनालिमा रुपान्तरण गर्न किसानहरु सबै भन्दा बढी जागरू हुनु पर्नेमा जोड दिनु भयो। कार्यक्रममा बिभिन्न राजनीतिक दलका प्रतिनिधि,स्थानिय बुद्दिजिबि,वडा अध्यक्ष, पालिकामा कार्यरत कर्मचारी, कार्यपालिका सदस्य,कृषक समूह, सहकारी प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो।