मोडेर्न एकेडेमी जहरेको आठौ बार्षिकोत्सब तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न

भेरीगंगा नगरपालिका वडा नम्बर ९ स्थित श्री मोडेर्न एकेडेमीले आठौ बार्षिकोत्सब तथा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न गरेको छ । बिद्यालय प्राङ्गणमा बिहान करिब १२ बजे देखि सुरु भएको कार्यक्रम करिब साझ ५ बजे सम्म संचालन भएको थियो । कार्यक्रममा शैक्षिक सत्र २०७९ मा प्रि नर्सरी देखि कक्षा ७ सम्म अध्यन गरेका विद्यार्थीको नतिजा प्रकाशन गरिएको थियो । विद्यार्थीको नतिजालाई जी.पि.ए प्रणालीमा प्रकाशन गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि भेरीगंगा नगरपालिका उप-प्रमुख धनसरा बोहराले २०७२ सालमा जहरे बजारमा सानो कोठा बाट शिक्षाको ज्योति छर्ने उदेश्यले स्थापना भएको यस विद्यालयले अहिले करिब ३०० बिद्यार्थी लाई शिक्षा दिएको पाउदा आफुलिई खुसि लागेको बताउनु भयो। साथै उहाले आफ्ना बालबच्चा लाई मोर्डन एकेडेमीमा भर्ना गरि बिद्यालय लाई यो स्थान सम्म पुर्याउन सहयोग गर्ने अभिभावक लाई लाई पनि बिशेष धन्यबाद ज्ञापन गर्नु भएको थियो।

यस्तै कार्यक्रममा बोल्दै नेपाल रास्ट्रिय माध्यमिक बिद्यालय जहरेका नेपालि विषयका शिक्षक देब बहादुर बिकले यस मोडेर्न एकेडेमी अध्यापनरत शिक्षक हरुको अथक मेहेनत र प्रयासले गर्दा आज यस बिद्यालयमा बिद्यार्थीको संख्या बढ्दै गएको भन्दै विद्यालयको प्रशंसा गर्नु भएको थियो । साथै उहाले बोर्डिंग स्कुलमा अध्यनरत बिद्यार्थी नेपालि बिषयमा कमजोर हुने मान्यता रहेपनि यस बिद्यालयमा अध्यनरत बिद्यार्थी सबै बिषयमा उत्तिकै सक्षम रहेको बताउनु भएको थियो । कार्यक्रममा बोले अन्य बक्ता तथा अतिथिहरुले विद्यालयको आगामि शैक्षिक सत्र पनि आज सम्म जस्तै प्रगतिको सुभकामना ब्यक्त गरेका थिए ।

साथै बक्ताहरुले विद्यार्थीले सिक्न सक्ने र सहज तरिकाले सिकाउन र विद्यार्थीको अध्ययन तथा नतिजाको बारेमा बेला बेलामा अभिभावक लाई जानकारी गराउन समेत आग्रह गरेका छन् । उता कार्यक्रममा बोल्दै मोडेर्न एकेडेमीका संचालक रामचन्द्र आचार्यले स्ताहापनको समय २०७२ सालमा जहरे बजारमा थोरै बिद्यार्थी बाट सुरु गरेको शिक्षण पेसालाई अभिभावकले बिश्वास गरी आज सम्म यो स्थानमा पुर्याउन अहम भूमिका खेल्ने सम्पूर्ण अभिभावक हरुलाई धन्यबाद दिदै आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा सहित यहि चैत २४ देखि बिद्यालयमा बिद्यार्थी भर्ना खुलेको र यहि शैक्षिक सत्र देखि मन्टेश्वरी कक्षा समेत संचालन हुने भएकाले आफ्ना आफ्ना छोराछोरी लाई बिद्यालय भर्ना गराउनु हुन समेत अभिभावक लाई आग्रह गर्नु भएको थियो ।

भेरीगंगा नगरपालिका नगर उप-प्रमुख धनसरा बोहरा प्रमुख अतिथि,बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष कुन्ती बिक सभाध्यक्ष,भेरिगंगा नगरपालिका प्रशासन प्रमुख कृष्ण प्रसाद शर्मा,नव श्रीजना सहकारीका ब्यबस्थापक तुलाराम देभकोटा ,वडा ८ र ९ का बिभिन्न पार्टी प्रतिनिधि,समाजसेवी,बुद्दिजिवि,शिक्षक,बिद्यार्थी,अभिभावक लगायत् ३०० बढीको उपस्थिति रहेको थियो।