‘हामी र हाम्रो वीरेन्द्रनगर’ नामक स्थानीय पाठ्यपुस्तक बनाउने तयारीमा वीरेन्द्रनगर

चैत १७, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले स्थानीय पाठ्यपुस्तक निर्माण गरेर अध्ययन गराउदै अाइरहेको छ । वीरेन्द्रनगरमा कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूले अन्य पुस्तकसँगै आफ्नै पालिकाको बारेमा जानकारी पाइने पुस्तक पढिरहेका छन ।

अहिले कक्षा १ देखि ३ सम्म ‘हामी र हाम्रो वीरेन्द्रनगर’ नामक पुस्तक प्रकाशनमा ल्याएको नगरपालिकाका शिक्षा शाखा प्रमुख रामलाल आचार्यले बताए । कक्षा ८ सम्म कै स्थानीय पाठ्यपुस्तक निमांण गर्ने अभियानमा नगरपालिका रहेको शिक्षा शाखा प्रमुख आचार्यले जानकारि दिए । उनको अनुसार कक्षा ४ र ५ को किताब लेखनको काम भइरहेको छ ।

‘पालिकाको व्यापार, पर्यटन, पर्यावरण, यहाँको रीतिरिवाजलाई समेटेर किताब प्रकाशनमा ल्याएका छौं,’ आचार्यले भने, ‘अर्को शैक्षिक सत्रबाट १ देखि ८ कक्षासम्मका विद्यार्थीहरूले स्थानीय पाठ्यपुस्तक पनि पढ्न पाउनेछन ।’