हुम्लाको कर्णाली नदीमा एक पुरुषको बेवारिसे शव फेला

चैत १४, हुम्ला । हुम्लाको कर्णाली नदी र देशीखोला नदीको बीच मा एक बेवारिसे शव फेला परेको छ । आइतबार बेलुका ९ बजे तिर चंखेली गाउँपालिका-४ स्थित सल्लीसल्लामा रहेको कर्णाली नदी र देशीखोला नदीको बीचमा एक पुरूषको बेवारिसे शव फेला परेको हुम्ला प्रहरी प्रमुख डीएसपी भीमलाल भट्टराईले जानकारी गराए ।

आइतबार बेलुका स्थानीय हर्के कुलाल र सुरज बिक माछा मार्न गएका बेला नदीको बीचमा शव देखेपछि उनीहरूले प्रहरीलाई जानकारी दिएका थिए । घटनास्थलमा पुगेर चंखेली गाउँपालिका-४ का वडाध्यक्ष पदम बहादुर शाही, प्रहरी निरीक्षक गीता प्रसाद चौधरी लगायतले लास नदीबाट निकालेर छेउमा राखेको डीएसपी भट्टराईले बताए ।

शव सडिसकेकाले शवको पहिचान हुन सकेको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको डीएसपी भट्टराईले जानकारी दिएका छन ।