
कैलाली, चैत १३ । कालिका लघुवित्त शाखा कार्यालय अत्तरिया कैलालीले केन्द्र प्रमुख गोष्ठी तथा साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कैलालीको गोदावरी नगरपालिका २ अत्तरियामा आफ्ना सदस्यहरुलाई लघुवित्त प्रति फैलिएको भ्रम हटाउनको लागि उक्त सारक्षरता कार्यक्रम गरिएको आयोजकले दावी गरेको छ ।

कार्यक्रममा उपस्थित कालिका महिला विकास केन्द्रका प्रतिनीधिहरूलाई लघुवित्तको वर्तमान परिस्थिति र संस्थाका नयाँ नीतिनियम बारे प्रशिक्षण गरिएको छ ।
उक्त कार्यक्रमको सभाध्यक्षमा कालिका लघुवित्त महिला विकास केन्द्र ०६१ को उपप्रमुख पुन्य कुमारी सुवेदी, प्रमुख अतिथिमा कालिका लघुवित्तका अनुगमन प्रमुख राजेन्द्र दुलाल, विशेष अतिथिमा पालिकाका जनप्रतिनीधि आरती विक र शाखा कार्यालय झलारिका शाखा प्रमुख कृष्ण बहादुर बलायर रहेका थिए । शाखा कार्यालय पहलमानपुरका प्रमुख उमेश बोगटिले संचालन गरेको केन्द्र प्रमुख गोष्ठी तथा साक्षरता कार्यक्रममा १०० भन्दा बढि प्रतिनीधि उपस्थित थिए ।

कार्यक्रमको स्वागत मन्तव्यमा बोल्दै कार्यक्रमको उदेश्य बारे तारा कुमारी शाहीले चर्चा गरेकी थिइन् । संस्थाको हिजो गौरवान्वित इतिहास, आजको वर्तमान परिस्थिति र भोलिको सम्भावना बारे बताएकी थिईन ।
शाखा कार्यालय झलारिका शाखा प्रमुख कृष्ण बहादुर बलायरले संस्थाको वर्तमान बचत सम्बन्धी ब्याज, संस्थाका सेवा सुविधा तथा बिमा सम्बन्धी प्रशिक्षण दिएका थिए । साथै, शाखा कार्यालय अत्तरिया प्रमुख रमेश उपाध्याले वर्तमान अवस्थामा संस्था विरुद्व भईरहेका गतिविधिका विरुद्व एकजुट भई उभिन आग्रह गर्दै, संस्थाका सदस्यहरूको मर्म अनुरुप संस्था अगाडि बढ्ने कुरामा संस्था प्रतिबद्व भएको जिकिर गरेका छ्न् ।
साथै गोष्टिमा सहभागि जनप्रतिनिधिहरूले; संस्था न्युन आय भएका आफ्ना जनताहरूको वित्तिय साथि भएको हुदाँ आफ्नो तहबाट संस्थालाई आवश्यक सहयोग गर्न प्रतिबद्वता जाहेर गरेका छ्न् । साथै, भावि जिवनको शुनिश्चित गर्न बचत अपरिहार्य भएको हुदाँ बचतलाई निरन्त्रता दिन संस्थाका सदस्यहरूलाई आग्रहसमेत गरेका थिए ।
कार्याक्रमा बोल्दै प्रमुख अतिथी राजेन्द्र दुलालले आफ्ना सदस्यहरुको भोलिको लागि गरिने बचत र लगानी सुरक्षित गर्नका लागि यस प्रकारका तालिम तथा गोष्ठीहरु अन्य स्थानहरुमा समेत संचालन गरिने बताएका छन् । “हामिले सदैव कालिका लघुवित्त हाम्रा लागि हो । अहिले भईरहेका आरजक गतिबिधिको भ्रमा नपर्नु र कसैलाई भ्रममा पार्न नदिनु आजको हाम्रो दाइत्व हो ।” दुलालले भनें । साथै दुलाल कार्यक्रमकाबिच उठेका भिभिन्न संस्थागत प्रश्न र संकोचहरूबारे पनि प्रष्ठ पारेका थिए ।
हाल लगुवित्तहरुप्रती फैलिएको भ्रमको पछि नलागी लघुवित्त सदैव हाम्रै लागि हो भनी अगाडि बड्न आग्रह गर्दै उपप्रमुख पुन्य कुमारी सुवेदीले कार्यक्रमको समापन गरेकी छन् ।
उक्त कार्यक्रमको सञ्चालन शाखा कार्यालय पहलमानपुरका शाखा प्रमुख अमेश बोगटीले गरेका थिए ।



