
चैत १२, सलयान । बनगाड कुपिन्डे नगरपालिका नेपालको कर्णाली प्रदेशको सल्यान जिल्लामा अवस्थित एउटा सहरी नगरपालिका हो । नगरपालिकाको कुल क्षेत्रफल ३३८.२१ वर्ग किलोमिटर छ भने नगरपालिकाको कुल जनसंख्या ३६,०५२ व्यक्ति रहेको छ । नगरपालिकालाई कुल १२ वडामा विभाजन गरिएको छ । नगरपालिकाको सदरमुकाम वडा नं. १ देवस्थलमा रहेको छ । कहिँ नभाको जात्रा हाडी गाउमा” भनेझैं देशका अनौठा अलौकिक घटना घटाउन सल्यान जिल्ला पनि कम छैन। शिक्षा तथा खेल्कुदले विद्यार्थीको स्तर उन्नतिका लागी कति भुमिका खेल्छ त्यो त सर्वविदितै छ । सल्यान जिल्लाको बनगाड कुपिन्डे नगरपालिका अन्तर्गत सम्पुर्ण सामुदायिक बिद्यालयमा अहिले स्थानीय बिषयको परिक्षामा विद्यार्थीहरु बिना किताब समाबेश हुनु परेको विद्यार्थीहरुको गुनासो छ । अन्यत्र सबै ठाँउ ठाउँमा स्थानीय पाठ्यक्रमको संशोधन भै सक्दा यहाँ भने अहिले सम्म अत्तोपत्तो नै छैन । हुनत विद्यालयमा आइसकेका केही किताबहरुपनि सर हरुले अहिले सम्म कत्ती पनि नपढाको धेरै विद्यालयका विद्यार्थीको गुनासो रहेको छ । यहाँको परिक्षा प्रणाली पनि देशकै लापरबाही युक्त परिक्षा प्रणाली भन्दा पनि फरक नपर्ला किनकी एस.इ.इ परिक्षामा बिद्यार्थीहरु नपढे पनि मोबाइल, चिट, किताबहरु बोकेर मज्जाले पास हुने गर्दछ्न जस्ले गर्दा बिद्यार्थीहरुको गुणस्तर त खस्किने नै भयो र त्यसका साथसाथै उनिहरुमा नपढ्ने बानिको पनि प्रचुर मात्रामा बिकास भएको देखिन्छ । अभिभावकहरुमा पनि उदासीनता बढेको पाइन्छ । कयौं अभिभावकहरुवाट त झन छोराछोरीलाई पैसा खर्च गरेर पढाउनु भन्दा त परिक्षाका लागि मात्रै पढाई हो भने नपढाउने बरु मोबाइल किन्दिने अनि परिक्षामा मोबाइलमा चिट हेरेर पढ्ने गर्छन् भन्ने लगायतका गुनासा छन ।