
धनुषामा एक शिक्षकले आफैले पढाउने १० बर्षिया बालिकालाई बलत्कार गरेको घटना बाहिरिएको छ । दस वर्षीया बालिकालाई ललाई फकाई शिक्षकले बलत्कार गरेका पाईएको छ । सबैला नगरपालिकास्थित एक निजी विद्यालयका शिक्षकले बालिकामाथि गत मंगलबार स्कुलको टिफिन समयमा शौचालयमा लगेर बलात्कार गरेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।

‘क्लिनिकको शौचालयमा लगेर बलत्कार गर्दै गरेको भिडियो खिचेर केही व्यक्तिहरूले कारबाहीको लागि गुनासो गर्न स्कुलमा आएपछि घटना बाहिरिएको थियो । आरोपित जितेन्द्र यादव बालिकाको घर भएको स्थानमा गएर घण्टौ बस्ने र उसको चियो चर्चा गर्ने गरेको थाहा पाएपछी परिवारले स्कुललाई पहिले नै गुनासो गरिसकेका थिए । र सोही बिषयमा स्कुलको रोहवरमा छलफल समेत भएको थियो र मिलापत्र गरिएको थियो ।
बलत्कारको घटना बाहिरिएपछी अभियुक्त फरार भएका थिए । फरार भएको तिन दिन पछी प्रहरीले सिरहाको बन्दीपुरस्थित बल्टिया भन्ने स्थानबाट पक्राउ गरेको छ । आरोपित यादवलाई इलाका प्रहरी कार्यालय सबैलामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
