प्रहरी चौकी भैरवी र जम्बुकाँध द्धारा अबैध घरेलु मदिरा नष्ट

चैत १०, दैलेख । जिल्ला प्रहरि कार्यालय दैलेखको आयोजनामा प्रहरी चौकी भैरवी र जम्बुकाँधले अबैध घरेलु मदिरा नष्ट गरेको छ ।

भैरवी गाउँपालिका-४ र ५ स्थित डाँडिमाडी बजार र चामुण्डा बिन्द्राशैनी नगरपालिका-६, ८ र ९ मा तयारी १०५ लिटर मदिरा स्थानिय जनप्रतिनिधीको रोहवरमा नष्ट गरेको जिल्ला प्रहरि कार्यालय दैलेखका सुचना अधिकृत दिपक विष्टले जानकारी दिएका छन् ।

स्थानिय होटल, पसल तथा घरहरुमा चेक जाँच गरि तयारी १०५ लिटर मदिरा र तयार पार्ने कच्चा पदार्थ २०० लिटर, मदिरा बनाउने भाँडा थान १ लगाएतका बस्तुहरू नियन्त्रणमा लिइ नष्ट गरीएको छ ।