सल्यानमा घरबाट खसेर घाइते भएका चनाराको उपचाको क्रममा मृत्यु

चैत ९, सल्यान । सल्यानमा घरबाट खसेर घाइते भएका चनाराको उपचाको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा शारदा नगरपालिका-१ दारिमचौरका ४४ वर्षीय डिल्लीबजार चनारा रहेका छन ।

बिहीबार दिउँसो शारदा नगरपालिका-१ श्रीनगरस्थित पुष्पाञ्जली फेन्सी हाउसको घरमा काम गर्ने क्रममा करिब ६ फिट अग्लो बाँसको भर्‍याङबाट चिप्लिएर घाइते भएका चनारालाई उपचारको लागि जिल्ला अस्पताल सल्यान लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताएका छन ।

उनका अनुसार चनाराको टाउको गहिरो चोट लागेको थियो । टाउकोमा चोट लाग्दा उनी बेहोस भएका थिए । छतबाट खस्नेबित्तिकै स्थानीयले उनलाई परोपकार अस्पताल श्रीनगरमा उपचारका लागि लगेका थिए । त्यसपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिएको थियो ।

चनाराको शवलार्ई पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ र घटनाको थप अनुसन्धान भइरहेको सूचना अधिकारी खनालको भनाइ छ ।