दैलेखमा लागु औषध ब्राउन सुगर सहित १ जना पक्राउ

चैत ९, दैलेख । दैलेखमा लागुऔषध ब्राउन सुगर सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दैलेख नारायण नगरपालिका-८ तर्ताङका २५ वर्षीय दिपक थापा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सुचना अधिकृत दिपक बिष्टले जनाएका छन ।

नारायण नगरपालिका-१ नयाँ बजार देवकोटा चोक स्थित बुधबार दिउँसो २ बजे तिर सोही व्यक्ति सँग लागुऔषध ब्राउन सुगर छ भन्ने गोप्य सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिईएका प्रहरी टोलिले चेक जाँच गर्दा निलो रङको जिन्स पाईन्टको बाँया पकेटमा रातो प्लाष्टिकमा कालो धागोले बाँधेको अवस्थामा लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ प्लाष्टिक सहित ४४० मि.गा्रम प्लाष्टिक बाहेक ३५० मि.गा्रम सोही पाईन्टको दायाँ पकेटमा नगद रकम फेला पारेको सुचना अधिकृत बिष्टले बताएका छन ।

प्रहरीले थापाको साथ बाट स्पास्मो लेखेको एक पत्तामा १० वटा ट्याब्लेट भएका मध्य ८ वटा खोलिएको र २ वटा नखोलेको, ट्रर्माडोल क्याप्सुल १०/१० प्रत्येक पत्ता थान २, सेतो स्पास्मो जस्तो देखिने टयाब्लेट र ३ वटा ट्रमाडोल जस्तो देखिने, साथमा लागुऔषध ब्राउन सुगर र ४१५० नेपाली नोट सहित बरामत गरेको ।

थापालाई नियन्यणमा लिई थप अनुसन्धान गरिरहेको विष्टले बताएका छन ।