
चैत ९, दैलेख । दैलखमा प्रहरीद्धारा लोकल मदिरा नष्ट गरिएकाे छ ।

दुल्लुका प्रमुख प्रहरी निरिक्षक कृष्ण डाँगाीको निर्देशनमा जिल्लाका विभिन्न ठाउँमा अबैध रुपमा खरिद बिक्री गरिदै आएको घरेलु मदिरा नष्ट गरेको जिल्ला प्रशासन कार्यलय दैलेखले सुचना प्रकाशन गरि जानकारी दिएको छ ।
बुधबार दिउँसो ईलाका प्रहरी कार्यलय दुल्लुका प्रमुख प्रहरी निरिक्षक कृष्ण डाँगाीको कमाण्डमा खटिएका ७ जना प्रहरीले तयारी अवस्थामा बेच्न राखिएकाे ५०० लिटर लोकल मदिरा नष्ट गरेका हुन ।

उक्त टोलीले दुल्लु नगरपालिका वडा-१० गमौडी, राजाकाँध, श्रीस्थान मन्दिर नजिक, भैरवी गाउँपालिकाको खोलि बजार र रावतकोट आसपासका ठाउँमा मदिरा वेचबिखन गर्ने होटल चेक जाँच गर्दा लोकल मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ १ हजार लिटर, तयारी मदिरा ५ सय लिटर र मदिरा बनाउन प्रयोग हुने भाडा बर्तनहरु ५ सेट नष्ट गरेको छ ।


