
दिलिप ढकाल सुर्खेत,चैत ०७

शैक्षिक क्षेत्रको रुपमा आफ्नो छुट्टै पहिचान बनाएको भेरिगंगा नगरपालिका वडा नम्बर ६ मा संचालित जनज्योति माबि झिङ्गनीमा करिब ८ महिना पछि बिद्यालय ब्यबस्थापन समिति गठन भएको छ । यहि भदौ १० गतेका दिन बसेको अभिभावक भेला तथा निरन्तर प्रतिनिधिमुलक बसाई पश्चात विद्यालयको ब्यबस्थापन समितिमा पठे (प्रदिप) वली चयन गरेको हो ।
सहमति हुन नसक्दा लामो समय देखि अलमलमा परेको बिद्यालय ब्यबस्थापन समिति अन्तत सहमतिमै चयन भएको छ । भेरिगंगा नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष लालसिङ्ग बुढाको अध्यक्षतामा बसेको अभिभावक भेलाले अध्यक्ष पठे वली सहित सदस्यहरुमा तारा गिरि,पूर्ण बहादुर बुढाठोकी,डिलसरा खत्री र मान कुमारी घर्ति लाई चयन गरेको हो । यस्तै पदेन सदस्यमा लालसिंह बुढाक्षेत्री र अमृता बिक,शिक्षक प्रतिनिधिमा गणेश वली र सदस्य सचिबमा प्रधानाध्यापक मान बहादुर वली चयन हुनु भएको छ ।

विव्यस अध्यक्ष वलीले आफ्नो कार्यकालमा अपुरा र अधुरा कामलाई पूरा गर्दै बिधालयलाई थप स्तरीय बनाउनमा आफू लाग्ने बताउनु भयो । यस्तै बिद्यालयमा शिक्षक अभिभावक संघ पनि गठन भएको छ, जसको अध्यक्षमा नबिनकुमार शाह तथा सदस्यहरु रबि बस्याल, सिता परियार, रणबहादुर राना, बिनोद कार्की, गौमाया खत्री, शिक्षक सिता थापा, राजकुमार गिरी, पदेन सदस्य प्रअ मानबहादुर वली तथा सदस्य सचिब शिक्षक टेकबहादुर खत्री लाई चयन गरिएको मान बहादुर वलीले जानकारी दिनु भयो । उक्त बिद्यालयमा बालबिकास देखि कक्षा १२ सम्म कक्षा संचालन हुँदै आएको छ ।