
कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगर स्थित वडा न ३ मा स्वावलम्बन लघुवित्त वित्तिय संस्थाले १ दिने वित्तिय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

सो कार्यक्रमको प्रमुख अतिथिमा वी न पा ३ का वडा अध्यक्ष विनोद सिंह बिष्ट रहेका थिए ।
उक्त कार्यक्रमको सभा अध्यक्षमा पुस्पा राना (न्यौपाने ) र अन्तरक्रिया कार्यक्रमको प्रशिक्षणमा इलाका प्रवन्धक दाङका दिपक महत रहेका थिए ।

यो कार्यक्रमको मुख्य उदेश्य वित्तिय साक्षरता, लघुवित्त संस्थाहरुबाट प्रदान हुने सेवा सुविधा, कर्जा सदुपयोगीता, बचत परीचालन र उधमशिलता विकास रहेको सभा अध्यक्ष राना (न्यौपाने) ले बताएकी छन् ।




