
चैत ६, हुम्ला । हुम्लामा सडक निर्माण सम्पन्न भए पनि यातायातका साधन सञ्चालनमा आउन सकेको छैन ।

जिल्लाको खार्पुनाथ गाउँपालिका-४ को वडा कार्यालय जोड्ने कच्ची सडक निर्माण भए पनि कणर्ाली नदीमा पुल निर्माण नभएको कारण यातायातका साधन सञ्चालनमा आउन सकेको छैन ।
गाउँपालिकाको सबै वडामा सडक सञ्जाल जोड्ने प्रतिबद्धता अनुसार तुम्लिङ देखि नल्नको विद्यालयसम्म सडक निर्माण कार्य पुरा भएको भए पनि हालसम्म यातायातका साधन सञ्चालनमा ल्याउन नसकिएको गाउँपालिका अध्यक्ष कणर्बहादुर रावलले बताएका हुन ।

निर्माण भएको सडकमा यातायातका साधन सञ्चालन हुन नसक्नुमा मुख्यगरि पुर्बाधार विकास कार्यालय दोषी रहेको बताउँदै उनले पुल निर्माणका लागि भएको टेन्डरबाट छनौट भएको कम्पनीसँग सम्झौता गर्न ताकेता गर्दा कुनै सुनुवाइ हुन नसकेको रावलले बताए ।