
सुर्खेत, वीरेन्द्रनगर ३ तातापानी सुर्खेत स्थित हारभेष्टमुन बोर्डिगं स्कुलले आफ्नो १७ औ स्थापना दिवस मनाएको छ ।

स्थापना दिवसका अवसरमा बिद्यालयसंग सम्बन्धीत बिभिन्न ब्यक्तीहरुलाई सम्मान गर्दै उक्त कार्यक्रम मनाएको हो । कार्यक्रममा प्रमुख अतिथीका रुपमा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनाल सहभागी भएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख खनालले छोराछोरीहरुलाई होस्टेलमा राखेर पढाउनु भन्दा अबिभावकले एकदमै बढी समय दिएर आफ्ना सन्तानहरुको भविष्यप्रती ध्यान दिनु पर्ने बताएका छन् ।

कार्यक्रममा बिभिन्न कक्षाका बिद्यार्थीहरुले नृत्य, नाटक, गित प्रस्तुत गरेर मनोरञ्जन गरेका थिए । कार्यक्रमका अवसरमा ३ जना उत्कृष्ट शिक्षक शिक्षीकालाई सम्मान समेत गरिएको थियो ।







