
फागुन ३०, हुम्ला । हुम्लामा ढुवानी गर्नुपर्ने चामल नेपालगन्जमा थन्किदा हुम्लामा खाद्यान्नको अभाव भएको छ ।

स्थलमार्गबाट हुम्ला लैजानपर्ने चालम नेपालगन्जमै रोकिएपछि हुम्लामा खाद्यान्नको अभाव भएको हो ।
चामल ढुवानीको जिम्मा पाएको एलबी सप्लायर्सले समयमा ढुवानी नगर्दा चामल नेपालगन्जमा रोकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगन्जका प्रमुख रामशरण लामिछानेले बताए ।

उनले स्थलमार्गबाट एक हजार पाँच सय क्विन्टल चामल ढुवानी गर्न एलबी सप्लायर्सले जिम्मा पाएकोमा अहिलेसम्म तीन सय क्विन्टल मात्र ढुवानी भएको जानकारी दिए ।
‘ढुवानी गर्ने समयावधि आगामी असारमा सकिँदै छ, तर सप्लायर्सले अहिलेसम्म तीन सय क्विन्टल मात्र ढुवानी गरेको छ,’ उनले भने ।