क्रोएसिया पठाइदिन्छु भन्दै २१ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

फागुन २९, काठमाडौं । क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काग्रे रोशी गाउँपालिका-८ घर भई हाल ललितपुरको गोदावरी बस्दै आएका ४६ वर्षीय मेघ लाल तामाङ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रवक्ता एवं एसपी सोमेन्द्रसिंह राठौर बताए ।

तामाङलाई काठमाडौं उपत्यका अपराधन अनुसन्धान कार्यालयको टोलीले सोमबार काठमाडौं-३१ मिनभवनबाट पक्राउ गरेको हो ।

उनीमाथि दोमी शेर्पासहित ३ जनालाई वैदेशिक रोजगारका लागि वर्किङ भिसामा क्रोएसिया पठाइदिने भन्दै प्रतिव्यक्ति ७ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको पिडीतको आरोप छ ।

रकम लिएर फरार भएका उनलाई प्रहरीले पक्राउ गरी कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाएको छ ।