
हाम्रो शरीर करिब ६० देखि ७० प्रतिशतसम्म पानीले बनेको हुन्छ । यसैले पानी जीवनको लागि अत्यावश्यक चीज हो । आयुर्वेद र योगमा पानीलाई भोजनभन्दा पनि महत्वपूणर् मानिन्छ ।

शरीरमा हरेक दिन ६ देखि १० गिलाससम्म शरीरको लागि पानीको आवश्यकता पर्छ ।
पानी पिउने केही सही तरिका निम्न प्रकारका छन्ः

१. एकैचोटी धेरै पानी पिउने गर्नुहुँदैन यसोगर्दा शरीरमा पाचनप्रक्रियामा खराबी आउनसक्छ ।
२. खाना खाएलगतै वा खाना खानु केही समयअघि पानी पिउनुहुँदैन । यसले शरीरको पाचनरसलाई असर गर्छ सकेसम्म खाना खाएको १/२ घण्टापछि पानी पिउनु स्वास्थ्यको लागि उपयुक्त मानिन्छ ।
३.घामबाट र शौचालयबाट फर्केलगतै पानी पिउनु पनि स्वास्थ्यको लागि खराब मानिन्छ ।
४. बिहान शौचालय जानुअघि पानी खानु स्वास्थ्यको लागि राम्रो मानिन्छ ।
५. खाली पेटमा प्यास लागेमा केही चीज खाएपछि मात्रै पानी पिउनु उपयुक्त मानिन्छ ।
६. राति निन्द्राबाट उठेर एक्कासी पानी पिउँदा ज्वरो आउने सम्भावना हुन्छ ।