
गुन २८, सल्यान । सल्यानको बाग्चौर नगरपालिका-२ खरिबोटमा गर राति शनिबार दुइ समूह बीच झडप हुँदा २ जना घाइते र ४ जना प्रहरीलाइ नियन्त्रणमा लिएकाे छ ।

मदिरा सेवन गरी सामान्य विवाद हुँदा भएको झडपमा परी स्थानीय अन्दाजी ३० वर्षीय रविन भण्डारी र तारा भण्डारी घाइते भएका हुन् ।
घाइते दुवैको अहिले बाग्चौरस्थित पोलिक्लिनिकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले बताए ।

यस्तै दुई युवा समूहबीच भएको झडपका क्रममा प्रहरीले बाग्चौर नगरपालिका-६ निवासी २३ वर्षीय ईश्वर गिरी, खरिबोट निवासी ३० वर्षीय रमेश विक, ३२ वर्षीय पूणर् गिरी र ३२ वर्षीय देव ब. भण्डारीलाई नियन्त्रणमा लिएको हो । ४ जना प्रहरीलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको सूचना अधिकारी खनालले बताए ।
शनिबार दिउँसो बाग्चौरमा स्ववियु निर्वाचनको समस्या समाधानपश्चात फर्किएको टोलीले खरिबोटमा गएर भोज खाएको र वडाको कार्यालयको विषयलाई लिएर विवाद हुँदा र महिलामाथि हातपात गरेको भन्दै झडप भएको कुरा सुन्नमा आएको स्थानीय नेता टीकाराम ओलीले बताए ।