
फागुन २८, जुम्ला । जुम्लामा श्रीमानको कुटपिटबाट श्रीमतीको समय मै उपचार हुन नसक्दा श्रीमतीको मृत्यु भएको छ ।

जुम्ला तिला गाउँपालिका-४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीको कुटपिटबाट उनकी २१ वर्षीया श्रीमती ममता नेपाली बेहोस भएकी थिन उन समयमै उपचार हुन नसक्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
मृतक ममताको शव पोष्टमर्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यामबहादुर बुढा मगरले बताए ।

प्रहरीले श्रीमान् आइतेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।