
फागुन २८, दैलेख । दैलेखमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको नौमुले गाउँपालिका-२ गेरुपानि स्थित दैलेखबाट कालिकोट जाने भित्रि गा्रमिण सडक सण्डमा ना.७ त.४४७७ नम्बरको ट्याक्टर सडकबाट १५०/२०० मिटर तल भिरमा खस्न गई दुर्घटना भएको हो ।
ट्याक्टर २६ गते राति २२;०० बजे तिरको समयमा ना.७ त.४४७७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा अन्दाजी ३०/३५ वर्षयी नामथर खुल्न नआएको ट्याक्टर चालककोे मृत्यु भएको हो ।

दुर्घटना भएको जानकारी प्राप्त हुन साथ प्रहरी टोलि घटनास्थलमा पुगि बुझ्दा चालक सडक बाट १५/२० मिटर तल चालक मृत अबस्थामा फेला परेको निजको नामथर खुल्न नआएको जिल्ला प्रहरी कार्यलय दैलेखका प्रहरी निरक्षक दिपक सिंह बिष्टले बताए ।
मृतक चालक जिल्ला दैलेख नौमुले गाउँपालिका- ३ द्दारी बस्ने २८ वर्षय शशिराम पुन मगर रहेको निजकै दाई मन बहादुर पुन मगरले लास हेरी सनाखत गरेको प्रहरी निरक्षक बिष्टले बताए ।
घटना स्थलको परारम्भिक कार्य पुरा गरी लास पोष्टमाटमका लागि जिल्ला अस्पताल दैलेख पठाइएको र उक्त लासलाई जिल्ला अस्पताल दैलेखको शब गृहमा राखिएको छ प्रहरीले जानकारी दिएको छ ।

