यस्ता लक्षण देखिए हुन सक्छ, मृगौला ड्यामेज

आज मार्च ०७ विश्व मृगौल दिवसको दिन हो । मानव शरीरलाई स्वस्थ्य राख्नको लागि हाम्रो शरीरमा भएको मृगौलाले राम्रोसँग काम गर्नुपर्छ यसैले हामीले आफ्नो मृगौलालाई कसरी सुरक्षित राख्न सक्छौँ कस्तो लक्षण देखिएमा मृगौला रोग लाग्न सक्छ भन्ने कुरा हामीले जान्न जरुरी छ । मृगौला रोग नेफ्रोन्सको गडबडीले गर्दा हुन्छ । यदि कुनै कारणले मृगौलाको नेफ्रोन बिग्रियो भने मृगौलाले रगतको शुद्धिकरण राम्ररी गर्ने सक्दैन ।

सामान्यतया मानिसले मृगौला रोगको पहिलो चरण पहिचान गर्न सक्दैन र मानिसले थाहा पाउने बेला सम्म उसको मृगौला ६०-६५ प्रतिशतले नष्ट भइसकेको हुन्छ यसैले हामीले समय समयमा स्वास्थ्य जाँच गराउनु पर्छ । सामान्यतया मधुमेह, उच्च रक्तचाप र पेनकिलरको अत्याधिक प्रयोगले मृगौला बिग्रने खतरा हुन्छ । हामीले जन्न आवश्यक छ कि कस्ता लक्षण देखिएका मृगौला बिग्रने सम्भावना हुन्छ, यस्ता छन लक्षण :

भोक नलाग्नु

धेरै पेट र टाउको दुख्ने

बारम्बार शौचालय जानु पर्ने

रगतसँगै पिसाब बग्ने र दुखाइ महशुस हुने
-शरीर कम्पन र चिसो ज्वरो आउनु
-गन्ध र पिसाबको रंगमा परिवर्तन हुनु

ढाड र पेटको तल्लो भागमा दुखाइ

हात, खुट्टा र आँखा सुन्निने

सास फेर्न ग्रारो हुन

पाचनमा गडबडी

रक्तअल्पता

छाला कालो हुनु

अनावश्यक थकान कमजोरी महशुुस