हुम्लामा तालिमको भत्ता आगलागी पीडितलाई सहयोग

फागुन २१, हुम्ला । हुम्लामा तालिमको भत्ता आगलागी पीडितलाई दिएको छ ।

कार्यक्रममा सहभागी भएबापत आउने भत्ता डाँडाफयाका आगलागी पीडितहरुलाई सहयोग गरिएको हो ।

सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाद्धारा आयोजना गरिएको तालिमका सबै सहभागीहरुले पाउने तालिम भत्ता आगलागी पीडितलाई दिएको तालिमका सहयोगी हर्कबहादुर शाहीले बताए ।

कार्यक्रममा सहभागी २० जनाले पाउने २५ हजार भत्ता सिमकोट गाउँपालिका-७ को डाँडाफयाका ४ जना आगलागी पीडितहरुलाई दिइएको स्वास्थ्य शाखाका प्रमुख नर भण्डारीले बताए ।

वडाको डाँडाफया स्वास्थ्य चौकीको अगुवाईमा आगलागी पीडितका लागि ५५ हजार ४५० रुपैयाँ राहत संकलन गरिएको पनि आगलागि पीडितलाई वितरण गरिएको थियो ।

गत माघ २२ गते विद्युत सर्ट भएर आगलागीबाट डाँडाफयाका दिपक सिंह र छक्क सिंहको घर पूणर् रुपले र शक्ति सिंह र काले सिंहको घर आंशिक रुपमा क्षति भएको थियो । आगलागीबाट क्षति भएका पीडित त्रिपालमा बस्दै आएका छन ।