राज्यको अत्याचारले आत्महत्या हुने भए हजारौ दलितहरू शरीरमा आगो झोस्थे – डा.मित्र परियार

केहीदिन अघि सिंह दरवार अगाडि आफ्नो शरीरमा आगो लगाएर इलामका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ले आत्मदाह गरेपछि सामाजिक सञ्जालमा थुप्रै टिप्पणी, आलोचना, आरोप्रत्यारोप भइरहेका छन् ।

यस्तै सामाजिक सञ्जालमा मानवशास्त्री डा.मित्र परियारले राज्यको दमन र अत्याचारले मात्रै आत्महत्या हुने भए दिनदिनै हजारौ दलितहरू शरीरमा आगो झोसेर आत्महत्या गर्ने बताएका छन् ।

आत्महत्या नेपाल भन्दा कोरिया, जापान, स्वीडेन जस्ता विकसित् मुलुकमा बढी भएको बताउँदै आत्महत्या केवल मानसिक कमजोरी मात्र भएको परियारले बताएका छन् ।

परियारले प्रेमप्रसाद आचार्यको आत्मदाहलाई जातीयता सँग जोडेर टिप्पणी गरेका छन् । बाहुन मरेका कारण मात्र देशभर चर्चा भएको र त्यसरी यदि कुनै दलित समुदायको मर्दा, मारिदा कुनै आवाज न उठ्ने गरेको आरोप लगाएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ” एउटा बाहून आफै डिप्रेसनमा परेर आत्महत्या गर्दा देशै हल्लिन्छ। तर दलित मारिंदा, पिटिंदा कहि कतै कसैको स्वर सुनिंदैन! कठै…!”