तनहुँमा इन्धन बोकेको ट्याङ्कर पल्टिदा तेल भर्न स्थानीयकाे घुँइचाे

काठमाडौं । बाराको अमलेखगञ्जबाट इन्धन बोकेर पोखरा जादैँ गरेको ट्याङ्कर तनहुँमा दुर्घटनामा परेको छ । पोखरातर्फ जाँदै गरेको ट्याङ्कर पृथ्वीराजमार्ग अन्तरर्गत तनहुँको बन्दीपुर गाउँपालिका १ नहालामा दुर्घटनामा परेको हो ।

ना ८ ख ०३२६ नम्बरको ट्याङ्कर सडक छेउमा पल्टिदा दुर्घटना भएको हो । सडक छेउको खोल्सा नजिक ट्याङ्कर पल्टिएर दुर्घटना भयता पनि कुनै मानवीय क्षति भने नभएको नेपाल आएल निगमले जानकारी दिएको छ ।
आएल निगमाका अनुसार दुर्घटनामा परेको उक्त ट्यांकरबाट चुहिएको तेल जम्मा गर्नका लागि अहिले स्थानीयहरु तँछाड मछाड गरिहेका छन् । अहिले स्थानीयहरु ट्यांकरबाट चुहिएको तेल भर्नका लागि विभिन्न किसिमका बाल्टी र ग्यालेनहरु बोकेर लाइनमा बसेका छन् ।

यता आयल निगमले भने अति प्रज्वलनशील पेट्रोलियम पदार्थ संकलन गर्नु जोखिम हुने बताउँदै तेल नउठाउन स्थानीयलाई अनुरोध गरेको छ ।