
चैत १३
ललितपुरकाे सानेपामा गएराति मोटरसाइकल अनियन्त्रित भएर पल्टीदा धादिङ घर भई हाल महानगरीय प्रहरी वृत चापागाउँमा कार्यरत प्रहरी जवान नविन न्यौपानेको मृत्यु भएको छ । गम्भीर घाइते भएका न्यौपानेको उपचारको क्रममा सानेपा स्थित स्टार अस्पतालमा राती २ बजे मृत्यु भएको हो ।
सोही दुर्घटनामा घाइते तनँहुको आबु खैरेनी घर भई हाल महानगरीय प्रहरी वृत सातदोबाटोमा कार्यरत प्रहरी जवान सुमन कुमार सिहं रहेका छन । उनको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । न्यौपाने र सिंह सवार रहेको बा ८३ प ८९८५ नम्बरको मोटरसाइकल गएराती सवा १ बजे अनियन्त्रीत भएर पल्टिएको थियो ।
