
चाडपर्वकाे अवसरमा भायानेटले सस्ताे मूल्यमा १२५ mbps इन्टरनेट सेवा उपलब्ध गराउने भएकाे छ । नेपालको पहिलो फाइबर इन्टरनेट, आइपीटीभी र मल्टि-गिग इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १२५ को इन्टरनेट सेवा वार्षिक ८,४०० रुपैयाँको सुपथ मूल्यमा सार्वजनिक गरेको घोषणा गरेको छ। यसका साथै महान चाड दशैं र तिहारको पावन अवसरमा भायानेटले आफ्ना ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका होम एप्लायन्समा ५०% सम्मको छुट पनि उपलब्ध गराउने भएको छ।

भायानेटको “चाडमा चौका” चाडपर्व अभियानमा ग्राहकहरूले अब प्रतिवर्ष भ्याट बाहेकको रु ८४०० मा १२५ इन्टरनेटकोमज्जा लिन सक्नेछन्, जुन बजारमा उपलब्ध यो स्पीडको इन्टरनेटका लागि प्रस्ताव गरिएको सबैभन्दा कम मूल्य भएकाे कम्पनीले दावी गरेकाे छ । यसका साथै भायानेटले यस अभियान अवधिभर २०० एमबीपीएस र ३०० एमबीपीएस प्याकेजका लागि पनि छुट ल्याएको छ।
यस अफरलाई अझ गतिशील बनाउन भायानेटले आफ्ना ग्राहकहरूलाई विशेष छुट उपलब्ध गराउन लोकप्रिय ब्रान्ड अल्टिमा र हिमस्टारसँग साझेदारी गरेको छ । वार्षिक इन्टरनेट योजनाहरू छनौट गर्ने भायानेट ग्राहकहरू चार लोकप्रिय इलेक्ट्रोनिक उत्पादनहरूको खरिदमा ५०% सम्म छुटका लागि योग्य हुनेछन् । त्यसैले यस अभियानको नाम “चाडमा चौका“ राखिएको छ। छुट प्राप्त हुने चार वस्तुहरूमा अल्टिमा वायरलेस इयरबड्स, हिमस्टारको स्मार्ट टिभी, रेफ्रिजरेटरर वासिंग मेसिन रहनेछन् । चाडपर्वको अवधिमा यी वस्तुहरु नेपालीहरूका बीचमा लोकप्रिय हुन्छन् र ज्यादा खरिद गरिन्छन् । दशैंको समयमा यी वस्तुहरु घरमा जोड्दा चाडपर्वको रौनक अझै धेरै बढाउन मद्दत गर्ने कम्पनीले दावी गरेकाे छ।
यस सीमित अवधिको अफरमा उपलब्ध छुटहरू
- अल्टिमा वायरलेस इयरबड्सः भ्याटसहितको मूल्य रू. १२२५
- हिमस्टार ४३ इन्च स्मार्ट टिभीः भ्याटसहितको मूल्य रु २७,५००
- हिमस्टार ५५ इन्च स्मार्ट टिभीः भ्याटसहितको मूल्य रू. ५४,०००
- हिमस्टार रेफ्रिजरेटरः भ्याटसहितको मूल्य रू. १७,५१०
- हिमस्टार वाशिङ मेसिनः भ्याटसहितको मूल्य रू. ४१,२००