सुर्खेतको वड्डिचौरस्थित सिद्वार्थ नर्सरीमा कफिकाे बिरूवा तयार

सुर्खेतको वराहताल-५ वड्डिचौरस्थित सिद्वार्थ नर्सरीमा कफिको बिरूवा तयार भएको छ । वड्डिचौरमा लामो समय देखी कृषी पेशा गर्दै आएका अगुवा कृषक अर्जुन कुमार वुचाको नर्सरीमा कफीको बिरूवा तयार भएको हो । ‘सुर्खेत जिल्लामा कफि विस्तार’ कार्यक्रम अभियान चलाउने चिया तथा कफि विकास कार्यालय प्युठान का कार्यालय प्रमुख एकराज सन्ज्यालले बताएका छन् ।

यसै वर्ष मात्रै करिव १६ हजार विरुवा विक्रिवितरणमा ल्याउने योजना रहेको उनले बताएका छन् । अहिले उत्पादन भएका अराविका जातको कफिको बिरुवा भएको र यसको मुल्य प्रति ओटा ३० रुपैयाँ तोकिएको कृषक अर्जुन कुमार बुचाले जानकारी दिए ।

एउटा विरुवा वाट न्युनतम ५ देखि १० केजि सम्म फलाउन सकिने र यसको सरकारि मूल्य नै प्रति केजि ९५ रुपैयाँ रहेको हुँदा यसबाट कृषकले राम्रो आम्दानी लिन सक्ने त्यस क्षेत्रका अगुवा कृषक डम्बर ग्रन्जा मगरले जानकारी दिए । उनले भने अब सबै किसानहरू निर्वाहमुखी भन्दा पनी आम्दानी मुखी हुन जरूरी छ र जसरी अर्जुन जीले ब्यावसायिक नर्सरी सुरू गरेर काम गरिरहनु भएको छ त्यसको सिको गर्दै अन्य कृषकले पनी आम्दानी मुखी कृषी पेशा अगाल्न जरूरी छ ।