‘थ्रेड्स’ प्रयोगकर्ता ४ करोड ९० लाखबाट घटेर २ करोडमा झरें

काठमाडौं । ​ट्वीटरको प्रतिस्पर्धीको रुपमा मेटाले सार्वजनिक गरेको ‘थ्रेड्स’ एपको सुरुवात भव्य भएपनि समयसँगै यसप्रति आकर्षण घट्दै गएको गएको छ । विस्तारै यो एपको प्रयोगकर्ताको संख्या घट्दै गइरहेको हो ।

सार्वजनिक भएको पहिलो हप्तामा यो एपले सबैभन्दा छिटो धेरै संख्यामा डाउनलोड हुने एपको रुपमा रेकर्ड बनाएको थियो । सिमिलर वेबले गरेको एक अध्ययनमा यस्तो तथ्याङ्क बाहिरिएको हो । तथ्याङ्कका अनुसार जुलाई ७ सम्म थ्रेड्सको दैनिक सक्रिय प्रयोगकर्ता ४ करोड ९० लाखको हाराहारीमा थियो जुन संख्यामा जुलाई १४ सम्म आउँदा २ करोड ३६ लाखमा झरेको छ ।

सबैभन्दा धेरै सक्रिय प्रयोगकर्ता रहेको अमेरिकामा नै पनि थ्रेडसको सक्रिय प्रयोगकर्ता ६ गुणाले घटेको तथ्याङ्कमा उल्लेख छ ।